सरकारले दियो सुजातालाई ५० लाख उपचार खर्च

sujata-koirala

काठमाडौँ, २८ कात्तिक सरकारले स्तन क्यान्सरको उपचारका लागि कांग्रेस नेतृ  सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको हो ।

यो निर्णयसंगै विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्ड मिचिएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकमा उपचार खर्चसम्वन्धी मापदण्ड एजेण्डामा थियो । तर, त्यसबारे छलफल नै नगरी ठाडो प्रस्ताव ल्याएर पूर्वपरराष्ट्रमन्त्री कोइरालालाई उपचार खर्च दिने निर्णय भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय बताइएको छ । , कोइराला थप उपचारका लागि आइतबार नै सिंगापुर प्रस्थान गरेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *