भारतीय राजधानीको वायु प्रदूषणले विश्व झक्झक्यायो

0
Shares

pardusan

संयुक्त राष्ट्रसङ्घ, २७ कात्तिक –  भारतको राजधानी नयाँदिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङघीय बाल कोष (युनिसेफ)ले विश्वलाई नै आह्वान गरेको छ ।

युनिसेफले हालै जारी एक प्रेस विज्ञप्तिमा नयाँ दिल्लीको भर्खरैको अनुभवबाट संसारले सिक्नु पर्ने तर्फ ध्यानकर्षण गराएको छ ।

प्रदूषणबाट हुने असर र समस्याबाट सतर्क हुने बच्ने उपायहरु पनि अपनाउन युनिसेफले आग्रह गरेको छ ।

“दिल्लीका बालबालिका हरेक पटक स्वासप्रश्वास गर्दा प्रदूषणको समस्याबाट पिडित छन्,” विज्ञप्तीमा भनिएको छ ।

“यो चुनौती दिल्लीको मात्रै होईन, विकासको उकालो चढ्दै गरेका विश्वभरका अरु थुप्रै सहरहरुको पनि हो,” राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले संवाददाताहरुलाई भने ।

“दिल्लीले विश्वलाई नै झस्काएको छ,” उनले थपे । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *