रेडियोलोजी सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरु

0
Shares

imagingi-guided

काठमाडौँ, २५ कात्तिक – रेडियोलोजी सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन आज देखि राजधानीमा सुरु भएको छ । नेपाल भास्कुलर तथा इन्टरभेन्सन रेडियोलोजी समाजले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीर अस्पतालसंगको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनमा विभिन्न २० देशबाट आएका विज्ञहरुले रेडियोलोजी तथा रेडियोलोजीको प्रयोग गरेर हुने शुक्ष्म शल्यक्रियासंग सम्बन्धित बैज्ञानिक सोधपत्र प्रस्तुत गरिने बताइएको छ ।

त्यस्तै कार्यक्रममा चिकित्सा विज्ञानको क्षेत्रमा भएका अनुभव र ज्ञानको आदानप्रदान गरिने समेत बताइएको छ । सम्मेलन २७ कात्तिकसम्म चल्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *