नवलपरासीको दोस्रो ठूलो सरकारी अस्पतालमा आजबाट सेवा सुचारु

hospital trisuli
नवलपरासी, २४ कात्तिक –  नवलपरासीमा दोस्रो ठूलो सरकारी अस्पतालको रुपमा सरकारले स्थापना गरेको चिसापानी अस्पतालले आजबाट आफ्नो सेवा औपचारिक रुपमा सुचारु गरेको छ ।

पन्ध्र श्ययाको क्षमता रहेको सो अस्पतालले बहिरङ्ग सेवा, आकस्मिक सेवासहित जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालबाट पाइने खालका २० प्रकारको अन्य आवश्यक सेवा सुरु गरेको हो । सो अस्पताल २०७२ असोज २२ गतेको मन्त्रिपरिषद् बैठकबाट चिसापानीमा स्थापना गर्ने निर्णय भएको थियो भने २०७३ साउन ५ गते चिसापानी अस्पतालको रुपमा दर्ता भएको थियो ।

सो अस्पतालमा तीनजना चिकित्सकसहित १९ जनाको दरबन्दी रहेको छ । सो अस्पताल स्थापनासँगै विशेष गरी दाउन्नेबारीको राजमार्ग क्षेत्रका स्थानीय, नवलपरासीको ग्रामीण क्षेत्रका १४ गाविसका जनतासहित सीमावर्ती भारतीय गाउँका बिरामीसमेत लाभान्वित हुने छन् ।

उक्त अस्पताल दाउन्नेबारीका स्वास्थ्य संस्थाका लागि रिफर सेन्टरको रुपमा स्थापित हुने जिल्ला स्वास्थ्य प्रमुख अरुणकुमार महतोले बताए । नवलपरासीमा सरकारी स्वामित्व रहेको यसअगावै १५ श्यया क्षमता रहेको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी रहेको छ ।

सो अस्पताललाई समेत अब ५१ श्यया बनाउने सरकारको तयारी अन्तिम चरणमा पुगको हो । पछिल्लोपटक सरकारले नवलपरासीको चिसापानी अस्पतालसँगै कास्कीको थुम्कीकोटमा समेत नयाँ अस्पताल स्थापना गरेको छ भने १२ वटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा क्षमता विस्तार गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *