ह्याम्स हस्पिटलको आधा स्वामित्व अल्का अस्पतालद्धारा खरीद

काठमाडौँ, २१ कात्तिक – बुद्धनगरस्थित ह्याम्स हस्पिटलको आधा स्वामित्व ललितपुरको अल्का अस्पतालले खरीद गरेको छ । स्थापनाको छोटो समयमै बिरामीहरुलाई गुणस्तरिय र आधुनिक सेवा दिन सफल अल्का अस्पतालले काठमाडौँको स्थापित निजी अस्पताल ह्याम्सको आधा स्वामित्व खरिद गरेको हो ।

hams-hospital

अल्का अस्पतालका अध्यक्ष कुमार थापाले अस्पतालको आधुनिक एवं गुणस्तरिय सेवालाई थप बिस्तार गरि स्वास्थ्य सेवाको पहु“च बढाउने प्रयास स्वरुप ह्याम्स हस्पिटलमा पार्टनसिपका रुपमा स्वामित्व लिइएको बताए ।

उनले अल्काले निकट भविष्यमै राजधानी बाहिर पनि आधुनिक सुविधासहितको बिशेषज्ञ सेवा बिस्तार गर्ने योजना बनाएको समेत जानकारी दिए ।

अल्का अस्पतालले हाल अल्का वान र अल्का टु मार्फत जावलाखेल र भनिमण्डलबाट बिशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले अल्का इन्टिच्युट अफ मेडिकल साइन्स कलेज मार्फत पिसिएल नर्सिङ र बिएन लगायतका कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *