मुहानको पानीमा हैजाको कीटाणु

haija
धादिङ, १३ कात्तिक –  उपभोक्ताले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको कीटाणु भेटिएको छ ।

दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको कीटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले जानकारी दिए ।

नौबिसे र थाक्रे गाविसमा रहेका खानेपानीको विभिन्न २५ स्थानबाट पानीको नमुना लिइएकोमा हैजाको कीटाणु भेटिएपछि सावधानी अपनाइएको छ ।

सो क्षेत्रमा रहेका १८ जना मानिस बिरामी भएपछि पानी परीक्षण गरिएको थियो । महामारी रोकथामका लागि स्वास्थ्य तथा पोषण क्लस्टरले योजना बनाई महामारी फैलन नदिएकाले नियन्त्रण गर्न सकिएको क्लष्टरका सदस्य गोकर्ण रुपाखेतीले बताए ।

पानीमा हैजाको किटाणु भेटिएको र पानीमा हैजाको कीटाणु भेटिएको क्षेत्रमा सबै घरमा पानी निर्मलीकरण गर्न पियुस वितरण गरिएको छ भने हातधुने बानी बसाल्न अभियाननै चलाइएको छ ।

रोग नियन्त्रणमा आएकाले कुनै समस्या नभएको मल्लको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *