मुहानको पानीमा हैजाको कीटाणु

0
Shares

haija
धादिङ, १३ कात्तिक –  उपभोक्ताले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको कीटाणु भेटिएको छ ।

दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको कीटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले जानकारी दिए ।

नौबिसे र थाक्रे गाविसमा रहेका खानेपानीको विभिन्न २५ स्थानबाट पानीको नमुना लिइएकोमा हैजाको कीटाणु भेटिएपछि सावधानी अपनाइएको छ ।

सो क्षेत्रमा रहेका १८ जना मानिस बिरामी भएपछि पानी परीक्षण गरिएको थियो । महामारी रोकथामका लागि स्वास्थ्य तथा पोषण क्लस्टरले योजना बनाई महामारी फैलन नदिएकाले नियन्त्रण गर्न सकिएको क्लष्टरका सदस्य गोकर्ण रुपाखेतीले बताए ।

पानीमा हैजाको किटाणु भेटिएको र पानीमा हैजाको कीटाणु भेटिएको क्षेत्रमा सबै घरमा पानी निर्मलीकरण गर्न पियुस वितरण गरिएको छ भने हातधुने बानी बसाल्न अभियाननै चलाइएको छ ।

रोग नियन्त्रणमा आएकाले कुनै समस्या नभएको मल्लको भनाइ छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *