सिरिब्रिफम सिवासिइस निभस रोगको बिरामी फेला

म्याग्दी, १३ कात्तिक –  घार–५ की बरूवाल थरकी एक महिला जिल्ला अस्पतालमा आउँदा चिकित्सक छक्क परे । मानिसको छालामा हुने दिमागी आकृति जस्तै देखिएपछि केही स्वास्थ्यकर्मीले दिमाग बाहिर निस्किएको भन्दै चर्चासमेत गरे । टाउकामा घाउ पाकेको अवस्थामा आएकी बरूवाललाई हेरेपछि डा. धिरेन मल्लले सिरीब्रिफम सिवासिइस निभस नामक रोग भएको पुष्टि गरे ।

विश्वमै निकै कम देखिने दिमाग बाहिर निस्किएजस्तै देखिने रोगबाट ग्रसित भएकी बरूवालको टाउकामा रहेको घाउबाट फैलिएको सङ्क्रमण नियन्त्रणका लागि उपचार गरिएपनि थप उपचार जिल्लामा सम्भव नभएको डा. मल्लले बताए ।

“उनका बारेमा वरिष्ठ चिकित्सकले चासो देखाएका छन् । मैले आफ्नै खर्चमा काठमाडौँ पु¥याउने प्रतिबद्धता विरामीका आफन्तलाई दिइसकेको छु”–डा. मल्लले भने । बरुवालको टाउकामा देखिएको आकृतिबाटै चिकित्सकले उपचारका लागि चासो देखाएका थिए ।

“मेडिकल क्षेत्रमा यो रोग विश्वमै निकै कम भेटिएको छ । हामीले पुस्तकमा मात्रै अध्ययन गरेका थियाँै”–डा. मल्लले भने ।

तेत्तीस वर्षकी बरूवाल पहिलोपटक उपचारका लागि गाउँमा रहेको स्वास्थ्यचौकीबाट रिफर गरेपछि अस्पतालमा आउँदा रोगको पहिचान भएको थियो । निक साइमन इन्च्सियुट अमेरिकाको प्राविधिक सहयोगमा जिल्ला अस्पतालमा कार्यरत एवम् क्लिनिकल प्रमुख मल्लले चिकित्सा क्षेत्रमै यस्तो रोग दुर्लभ भएको बताए ।

झट्ट हेर्दा आङ सिरिङ्ग हुने बरूवालको टाउकामा बाल्य अवस्थामा रहेको सानो घाउको उपचार नगर्दा टाउमा फैलिएको थियो । स्वास्थ्यका बारेमा प्रकाशित हुने जर्नलमा विश्वमा १४ वटा र नेपालमा चारवटा मात्रै भेटिएकोसमेत मल्लले बताए ।

टाउको र गालामा देखिने रोगलाई समयमै उपचार गरे निको हुने भए पनि अशिक्षा, कमजोर आर्थिक अवस्था र रोग लुकाउने ग्रामीण परम्पराको कारण समयमै उपचारबाट वञ्चित भएको चिकित्सकको भनाई छ ।

यस्तो समस्या देखिएका बिरामीले स्मरणशक्ति गुमाउने, कम बोल्ने, टोलाउने जस्ता लक्षण देखिने डा मल्लले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *