स्वास्थ्य चौकीलाई १२ लाख मूल्यको जग्गादन

म्याग्दी, १२ jaggaकात्तिक – ओखरबोट गाविसको एक स्वास्थ्यचौकीलाई स्थानीय एक व्यक्तिले १२ लाख मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्यचौकीलाई जग्गा अभाव भएपछि ओखरबोट–४ का पूर्वप्रधानपञ्च तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्तिमगरको परिवारले १२ लाख मूल्य पर्ने तीन रोपनी जग्गादान गरेका हुन् ।

“स्वास्थ्यचौकीलाई घर्तिमगरको परिवारले १२ लाख मूल्य बराबरको जग्गा दिनुभएको छ, भवनका लागि बजेटसमेत परेको जानकारीले थप उत्साहित छौँ,” स्वास्थ्यचौकी विकास समितिका सदस्य रेशम पुनले भने।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अनुसार १२ लाख २२ हजार मूल्य बराबरको चार रोपनी तीन पैसा तीन दामको जग्गाको लालपुर्जा हस्तान्तरण भइसकेको छ । जिल्लाको दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाविसमा नियमित सडक सञ्जाल सञ्चालन नहुँदा त्यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाएका छैनन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *