स्वास्थ्य शिविर सञ्चालनमा
बैतडी, ११ कात्तिक – जिल्ला स्वास्थ्य कार्यालय बैतडीले बुधबारदेखि जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सुरु गरेको छ ।
गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्ने, गर्भवती महिलाका लागि पिएमटिसिटी रगत जाँच गर्ने, पाठेघर खसेका महिलाका लागि जाँच तथा रिङ्गपेसरी राख्ने, खकार परीक्षण, परिवार नियोजनका इम्पलान्ट र आइयुसिडी सेवा सञ्चालन गर्ने उद्देश्यसहित स्वास्थ्य शिविर सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका क्षयकुष्ठ सुपरभाइजर देव जोशीले जानकारी दिए ।
बुधबार भूमेश्वरमा सम्पन्न भएको शिविर आज रौलेश्वरमा सञ्चालन हुनेछ भने कार्तिक १२ गते शङ्करपुरमा सञ्चालन गरिने उनले बताए ।
यस्तै कात्तिक १३ गते गुजरमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेपछि कात्तिक २१ गते चौखाममा शिविर सञ्चालन हुने क्षयकुष्ठ सुपरभाइजर जोशीले जानकारी दिए । यस्तै कात्तिक २३ गते शिवलिङ्गमा, कात्तिक २५ गते थालाकाँडामा, कात्तिक २५ देखि २७ गतेसम्म थालाकाँडाको मौरीबगरमा शिविर सञ्चालन हुने बताइएको छ ।
यस्तै कात्तिक २९ गते ढुङ्गाडमा शिविर सञ्चालन हुनेछ भने कात्तिक २९ र ३० गते गाँजरीमा शिविर सञ्चालन हुनेछ ।
यस्तै गाँजरीमै कात्तिक २७ र २८ महिलाका लागि स्थायी बन्ध्याकरण सेवा पनि सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मङ्सिर १ गते सिगासमा शिविर सम्पन्न भएपछि मङ्सिर ३ गते सिद्धपुरमा शिविर सञ्चालन हुने जनाइएको छ । रासस
सम्पर्क इमेल : [email protected]