स्वास्थ्य मन्त्रालयले यसरी गरेको थियो औषधि व्यवस्था विभागका महानिर्देशकसंग कार्यसम्पादन करार सम्झौता

narayan dhakalकाठमाडौँ, ८ कात्तिक – स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालसंग गरेको कार्यसम्पादक करार सम्झौता सार्वजनिक गरेको छ । गत १६ असोजमा भएको सम्झौता तीन साता पछि सार्वजनिक गरेको हो । मन्त्रालयले स्वास्थ्यमा कार्यसम्पादन करार सम्झौता गरी नेतृत्व पदमा पुग्ने ढकाल पहिलो कर्मचारी भएको जनाएको छ ।

करार सम्झौतामा मन्त्रालयका तर्फबाट सचिव डा सेनेन्द्रराज उप्रेती र विभागका तर्फबाट महानिर्देशक ढकालले हस्ताक्षर गरेका छन् । सम्झौतामा मासिक त्रैमासिक र बार्षिक रुपमा समिक्षा गर्ने जनाएको छ ।

यसअघि स्वास्थ्य मन्त्री गगन थापाले गत १८ असोजमा गरेको पत्रकार सम्मेलनमा नेतृत्व तहमा पुग्ने सबै कर्मचारीलाई कार्यसम्पादन करार सम्झौता गराउने बताएका थिए । यद्धपी त्यसपछि नियुक्त भएका बीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतलाई भने सो सम्झौता गराइएको छैन् ।

मन्त्रीको सचिवालय स्रोतले भने बस्नेतलाई पनि कार्यसम्पादन करार सम्झौता गराउने तयारी भइरहेको बताए ।

महानिर्देशक नारायण ढकालसंग गरेको कार्यसम्पादन करार सम्झौता हेर्न यहाँ क्लिक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *