के भएको होला यिनलाई ?
काठमाडौँ, ७ कात्तिक – बीर अस्पतालको ठ्याक्कै पारीपट्टी झण्डै सय मिटर दूरीमा ८ बर्षीय कृष्ण थापाले आफ्नो दुई बर्षीय भाई गौतम थापाको उपचारका लागि भन्दै सहयोग मागिरहेका छन् ।
शरीर भन्दा टाउको ठूलो भएका दाङ तुलसीपुर घर बताउने गौतमको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा टिचिङ अस्पतालमा गर्न लागिएको कृष्ण बताउछन् ।
चिकित्सकले टाउकोको अप्रेसन गर्नुपर्ने र लाखौँ रकम लाग्नसक्ने भन्दै उनले रत्नपार्क छेवैमा भाइलाई राखेर पाँच दश रुपैयाँ जम्मा गरिरहेका छन् । त्यसरी संकलन गरेको रकमबाट उनी लाखौँ पुरयाएर उनी आफ्नो भाइलाई उपचार गर्ने बताएका छन् । ‘टाउको पुरै चिर्न पर्छ अरे , लाखौँ रुपैयाँ लाग्छ अरेँ, कृष्णले भने त्यसैले सहयोग मागेको ।’
यद्धपी उनले सोही पैसबाट काठमाडौँ बसाईको खर्च समेत चलाउन परेको बाध्यता सुनाए ।
सम्पर्क इमेल : [email protected]