गर्भपतन गराउनेको संख्या घट्दै

garva

ललितपुर, ५ कात्तिक –  ललितपुर जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या कम हुँदै गएको छ ।

लामो अवधिको अस्थायी परिवार नियोजनको साधन प्रयोग बढ्दा गर्भपतन गराउनेकोे सङ्ख्या कम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ ।

आठ वर्ष पहिले यो सेaवा सुरु हुँदाको सङ्ख्या भन्दा अहिले गर्भपतन गराउनेकोे सङ्ख्या आधाभन्दा कम भएको हो । आव २०७२/७३ मा दुई हजार ४०६ महिलाले गर्भपतन गराएका छन् भने २०६५ मा सेवा सुरु हुँदा पाँच हजार ३३ महिलाले गर्भपतन गराएका थिए ।

गर्भपतन गराउने महिलाको सङ्ख्या घटदै जानु कार्यालयको सफलता भएको नर्सिङ अधिकृत अम्बिका पाण्डे बताउछिन् । उनी भन्छिन् – “अहिले महिलामा अस्थायी साधनको प्रयोग बढेकाले अनिच्छुक गर्भपतनको सङ्ख्या घटेको हो ।” बिगतमा पहिलो एकपटक सेवा लिएका महिला पटक पटक गर्भपतन गराउन आउने गर्दथे । अहिले त्यसमा पनि कमी आएको छ ।

सरकारले यो सेवा सुरु गर्दा गर्भपतन सेवा दिने सूचीकृत संस्थाहरु सहरी क्षेत्रमा मात्रै सीमित थिए । अहिले ग्रामीण क्षेत्रसम्म त्यसको पहुँच बढाइएको कार्यालयले बताएको छ । पाण्डे भन्छिन्– “अहिले महिलामा सजकता बढ्दै जाँदा अनिच्छुक गर्भ रहन नै नदिन लागेका छन् ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *