पेट ढुस्स भयो ? अपनाउनुहोस् यी घरेलु उपाय
– अदुवा सेवनले पेट ढुस्स हुने समस्यालाई कम गर्छ । अदुवालाई काटेर टुक्रा बनाउने र पानीमा पकाउने । पकाएको पानीलाई पिउने र बचेको टुक्रालाई चुस्ने । यसले केही समयमा नै हल्का भएको महसुस गराउँछ ।
– गर्मी समयमा पुदिनाजति राम्रो केही हुँदैन । जब पेट फुल्छ, पुदिनाको रस खाने या चियामा यसलाई मिसाएर खाँदा पनि हुन्छ ।
– प्रायजसो मानिस खाना या केही सेवनपछि सुप खाने गर्दछन् । त्यो अत्यन्तै राम्रो हो । खानापछि सुप लिँदा यसले पाचनमा मद्दत गर्छ । यसले पेटको खराबी हटाउनुका साथै मुखको दुर्गन्ध पनि हटाउँछ ।
– पेट ढुस्स भएको अवस्थामा कागती र पुदिनाको रस पिउनु राम्रो हुन्छ । यदि पुदिना छैन भने सादा पानीमा कागती निचोरेर पिउँदा पनि राम्रो गर्छ ।
– पेट फुलेको छ भने धनियाँको पात वा झोल बनाएर खाँदा पनि राम्रो हुन्छ । यसले पाचनलाई ठीक तरिकाले सञ्चालन गराउँछ र पेट फुल्न दिँदैन ।
सम्पर्क इमेल : [email protected]