नयाँ मेडिकल कलेजलाई सम्वन्धन दिन लागिएको भन्दै डा. केसीको आपत्ति

dr kc

काठमाडौँ, ३ कात्तिक – त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐन कार्यान्वनय नआउन्जेल देशमा नयाँ मेडिकल कलेज खोल्न नपाइने कुरा दोहोरयाएका छन् ।

विस्तारित कार्यक्रमका नाममा एउटा निजी मेडिकल कलेजलाई सम्वन्धन दिन लागिएको सूचना आफूले पाएको भन्दै त्यस्तो नगर्न सम्वन्धीत अधिकारीहरुलाई चेतावनी दिएका छन् । डा केसीले कलेजको नाम भने उल्लेख गरेका छैनन् ।

बुधबार विज्ञप्ती जारी गर्दै डा केसीले विस्तारित कार्यक्रमको नाममा चोरबाटोबाट कुनै एउटा निजी मेडिकल कलेजलाई सम्वन्धन दिने अन्तिम तयारी भएको सूचना हामीलाई प्राप्त भएको छ ।

त्यसको बदलामा काठमाडाँै विश्वविद्यालयलाई अस्तव्यस्त बनाएर विगतमा यस्तै बदमासीमा सम्लग्न पदाधिकारीलाई पुन अर्को पदावधिका लागि नियुक्ति गर्ने गरी सौदाबाजी हुन लागेको जानकारी पाएका छौँ । उनले भनेका छन् , ‘यस्तो हुन दिइने छैन् ।’

उनले विगत सहमती अनुसार बरिष्ठताको आधारमा तत्काल डीन नियुक्त गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया अघि बढाउन समेत माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *