मध्यपश्चिममा आँखाका रोगी बढे

0
Shares

eye-enfactions

नेपालगन्ज, १ कात्तिक – नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ ।

सो क्षेत्रअन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । स्थानीय फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार, शून्य दशमलव दुई प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपन मुक्त जिल्ला’ मानिन्छ ।

सो आँखा अस्पतालले वार्षिक एक लाख २० हजार बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका नागरिकमा भने आँखा रोगको समस्या अपेक्षाकृत ओरालो लाग्न सकेको छैन ।

विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा आँखा उपचार सेवा पु¥याउँदै आएको छ ।

कुल १५० श्यया क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ ।

अस्पतालले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले निःशुल्क आँखा शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविर समेत सञ्चालन गर्दै आएको प्रबन्धक वर्माको भनाइ थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *