स्तन क्यान्सरबाट जोगिन महिलाले ध्यान दिनुपर्ने पाँच कुरा

संसारभर नसर्ने रोगको प्रकोप बढी रहेको छ । त्यहि नसर्ने रोगको नेतृत्व गर्दैछ क्यान्सरले । विकसित देश हो या विकासशील हिजोआज सबै क्षेत्रमा क्यान्सरको प्रकोप बढदै गएको छ । र पछिल्लो समयमा महिलाहरुमा स्तन क्यान्सरको संक्रमण बढी देखिएको छ । आज हामीले तपाईँलाई त्यहि स्तन क्यान्सरबाट जोगिनका लागि ध्यान दिनुपर्ने पाँच तरिका सुनाउछौँ । हेरौँ ती पाँच तरिकाहरु :

Woman with pink bra and doctor holding roentgen film

मदिराको सेवन कम गर्नुहोस् : अत्यधिक मदिराको सेवन स्तन क्यान्सरको कारक बन्न सक्छ । त्यसैले मदिराको सेवन सकेसम्म गर्दै नगरौँ । गर्नै परे अति कम गरौँ । मदिरा पिउँनै परे दिनहुँ होइन दिन बिराएर पिउने गरौँ ।

दैनिक स्वस्थ भोजन खाऔँ :  क्यान्सर लाग्नुको एक कारण खानपान हुने असावधानि पनि हो । त्यसैले खानपानमा विशेष ध्यान दिऔँ । दैनिक स्वस्थ आहार खाने गरौँ । खानेकुरामा सागपात र फलफुलको प्रयोग सकेसम्म बढी गरौँ । यस्तो खानेकुराले स्तन क्यान्सरको सम्भावना कम हुन्छ ।

नियमित व्यायम गरौँ : जो व्यक्ति दैनिक व्यायम गर्छ उसलाई स्तन क्यान्सरको सम्भावना कम हुन्छ । अध्ययन भन्छ कि प्रत्येक साता ७५ मिनेट देखि १५० मिनेटसम्म ब्रिक्स वाक गर्न सके स्तन क्यान्सर लाग्ने सम्भावना निकै घटेर जान्छ ।

स्तनपान गराउनुहोस् :  जो महिलाले आफ्नो बच्चालाई नियमित रुपमा स्तनपान गराउँछिन उनलाई स्तन क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । नियमित स्तनपानले आमालाई मात्रै होइन बच्चालाई समेत रोग लाग्ने सम्भावना हटेर जान्छ ।

धूमपान त्यागिदिनुस् :  धूमपान त्याग्नै पर्छ । किनकी यसले हाम्रो स्वास्थ्य सामान्य असर होइन गम्भीर असर पार्दछ । क्यान्सरको प्रमुख कारक धूमपान हो । यदि जवान महिलाले धूमपान गर्ने होभने त्यसले स्तन क्यान्सरको सम्भावना बढेर जान्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *