कालीगण्डकी सामुदायिक अस्पतालमा पनि आइसियु सेवा

kali-gandaki

कावासोती, १९ असोज –  नवलपरासीको कावासोतीस्थित कालीगण्डकी सामुदायिक अस्पतालले जिल्लामै पहिलोपटक सघन उपचार कक्ष (आइसियु) सेवा सुरु गरेको छ ।

नेपालमै निजी क्षेत्रको पहिलो अस्पतालका रुपमा स्थापित कालीगण्डकी अस्पताल समुदायिक अस्पताल भएपछि स्तरोन्नति गर्ने क्रममा आइसियु सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष डा गोपाल खनालले जानकारी दिए । ५१ श्यया रहेको यो अस्पतालले सर्पदंशको उपचार सेवा दिँदै आएको छ ।

सरकारी अस्पताल बाहेकमा सर्पदंशको उपचार कालीगण्डकीले पहिलोपटक सुरु गरेको थियो । सर्पदंशका बिरामीको उपचार, सवारी दुर्घटनाका बिरामी र जटिल प्रकारका बिरामीलाई आइसियु सेवाको अभावमा चितवन र काठमाडौँ पठाउन परेकाले आइसियु सेवा प्रदान गरिएको अध्यक्ष डा खनालले बताए ।

नवलपरासीमा बढी सवारी दुर्घटना पर्ने र आइसियु सेवा नहुँदा बीच बाटोमै बिरामीको ज्यान जाने खतरा भएकाले यो सेवाका बिरामीलाई धेरै फाइदा पुग्ने अस्पतालले बिश्वास लिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *