सेती अञ्चल अस्पतालमा हेमोडायलासिस सेवा सुरु

dhangadi

धनगढी, १९ असोज –  सुदूरपश्चिमको सेती अञ्चल अस्पताल डायलसिस सेवा सुरु भएको छ । त्यस्तै एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया उपचार सेवा समेत सेवा सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालय र मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा यी सेवा सुरु गरिएको हो । हेमो—डायलसिस सेवा मिर्गौला उपचारसम्बन्धी सेवा हो ।

यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच सेवा हो । सिकलसेल एनिमियाका विरामीका लागि उपचारका लागि सिकलसेल एनिमियाको उपचार सेवा सुरु गरिएको हो । यो रोग मध्ये तथा सुदुर पश्चिमका थारु जातीमा बढी मात्रामा देखिएको छ ।

अस्पतालले यी तीनवटै सेवाका लागि करिब रु तीन करोड ५० लाख मूल्य बराबरका अत्याधुनिक मेसिन उपकरणको व्यवस्था गरेको थियो ।
यसैबीच स्वास्थ्यको सुदूरपश्चिममाञ्चलको समिक्षा गोष्ठीमा भाग लिन धनगडी पुगेका स्वास्थ्य मन्त्री गगन थापाले अञ्चल अस्पतालमा थपिएको सेवाको शुभारम्भ गरे ।

सो अवसरमा मन्त्री थापाले स्वास्थ्य उपचारका लागि नागरिकले काठमाडौँ वा अन्यत्रै गएर उपचार गर्नु नपर्ने व्यवस्थाका लागि मन्त्रालयले प्रयास गरिरहेको बताए ।

बिरामीको उपचार गर्ने सवालमा अञ्चल अस्पताल मेरुदण्डका रुपमा रहेको भन्दै मन्त्री थापाले भने,“अस्पतालको परिसरमा बिरामी आइसकेपछि उसले उपचारका लागि बाहिर जानुपर्ने अवस्था आउनु हुँदैन । यो अस्पतालबाट त्यहि अपेक्षा गर्दछु ।

समारोहमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सूर्यबहादुर गुरुङ र अस्पताल विकास समितिका अध्यक्ष यज्ञराज पाण्डेयले अस्पतालले पु¥याएको सेवासुविधा र थप्नुपर्ने अन्य उपचार सेवा र पूर्वाधारका विषयमा बोलेका थिए ।

विसं २०४० मा अञ्चल अस्पताल बनेको १५० श्ययाको सेती अञ्चल अस्पतालमा पछिल्लो केही महिनादेखि आइसियु (सघन उपचार कक्ष) सेवासमेत सञ्चालनमा आएको छ । अस्पतालमा १९ जनाको दरबन्दी रहेकामा दरबन्दीअनुसारका चिकित्सक नभएको एवम् दक्ष चिकित्सकको अभाव रहेको कारण उपचार सेवा प्रभावकारी र गुणस्तरीय हुन सकिरहेको छैन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *