नवौँ अनसनको नवौँ दिनपछि चिकित्सक संघको ध्यानाकर्षण
काठमाडौँ, १८ असोज – नेपाल चिकित्सक संघले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा समेत सरकारले वास्ता नगरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संघले आफ्ना आजिवन सदस्य समेत रहेका डा केसीको मागहरु प्रत्यक्ष जनसरोकारका विषय भएको भन्दै उनको जीवन रक्षाको लागि भएपनि ऐकेवद्धता जाहेर गर्न सरोकारवाला निकायलाई आवहान गरेको छ ।
संघले डा केसीको नवौ अनसन बसेको नवौँ छोटो विज्ञप्ती मार्फत डा केसीको अनसनमा चासो व्यक्त गरेको हो ।