युवा अवस्थामै दुवै मिर्गौला खराब भएपछि..

pidit
काठमाडौं, १५ असोज  – युवा अवस्थामै आफ्ना दुवै मिर्गौला  खराब भएपछि काभ्रे, उग्रचण्डी नालाकी ३० बर्षीया पबित्रा  दाहाल जीवन मरणको दोसाधमा उभिएकी छिन् ।

१० बर्षदेखि मृगौला खराबीको समस्या भोग्दै आएकी पवित्रालाई  चिकित्सकले दशै पछि मिर्गौला प्रत्यारोपण गर्नै पर्ने सल्लाह दिएका छन् । तर प्रत्यारोपणमा लाग्ने खर्चले उनलाई जीवन मरणको अवस्थामा पुरयाएको छ ।

छोरी बचाउनका लागि ६० बर्षीया आमा पुण्यकुमारी दाहालले आफ्नो मिर्गौला दिन तयार भएपनि उपचारका लागि आवश्यक पर्ने रकम जुटाउन नसक्ने अवस्था भएपछि उनी र उनको परिवार थप चिन्तित बनेको छ ।

शिक्षण अस्पतालले दशै लगत्तै मिर्गौला प्रत्यारोपण गरिसक्न भनेपछि थप समस्या परेको पवित्राले बताईन् । “चिकित्सकले दशैपछिनै मिर्गौला प्रत्यारोपण नगरे जे पनि हुन सक्छ भनेका छन् तर उपचारका लागि सामान्य परिवार भएकोले पैसा छैन”­उनले भनिन्­“दुवै मिर्गौला खराब भएपछि आमा मलाई बचाउनका लागि एउटा मिर्गौला दिन तयार हुनुभएको छ तर उपचारका लागि पैसा नभएर पो समस्या भयो” । शिक्षण अस्पतालकी डा. दिव्या सिंहबाट उपचार पाईरहेकी उनलाई डा. रविन नेपालीले उपचार गराईरहेका छन् ।

दुवै मिर्गौला खराब हाल नयाँ बाहिरबाट दिइएको रगतको भरमा बाँचिरहेकी पवित्राको उपचारका लागि सरकारले डायलोसिस निःशुल्क गरेपनि प्रत्येक हप्ता दिनुपर्ने ब्लड सेरिजका साथै अन्य औषधीका लागि तीन हजारभन्दा बढी लाग्ने गरेको उनले बताइन् ।

मिर्गौला दिनका लागि तयार भएकी आमाका शरीरका विभिन्न अंगको परीक्षणका लागि तीन लाख रुपैयाँसम्म लाग्ने बताएपछि पवित्राको परिवार थप चिन्तित बनेको छ । ‘हालसम्म परिवारले मलाइ बचाउनका लागि १० लाखभन्दा बढी खर्च गरिसक्यो, अब कति हुने थाहा छैन ।’–उनले भनिन्–‘कसैले मेरो उपचारका लागि सहयोग गरेभने मेरो जीवन बाँच्ने थियो र जिन्दगीमा केही गर्ने रहर पुग्ने थियो ।’

नेपाली विषयमा स्नाकोत्तर गरेकी पवित्रा पढाईमा अति मेधावी छात्राको रुपमा चिनिन्छिन् । हालै लोकसेवा आयोगले लिएको परीक्षणमा कम्प्युटरमा नाम निकाले पनि उनी बिरामीको कारण जान सकिनन् ।

पछिल्लो समयमा रोगले बढी च्यात्दै गएपछि ठूलो समस्यामा परेकी पवित्रा सहयोगी मनहरुबाट सहयोग आएमा आफू बाँच्ने र समाजका लागि केही योगदान पुर्याउने रहर उनको छ । तर मृगौला प्रत्यारोपण गर्नुपर्ने समय नजिकिँदै जाँदा उनमा बढी चिन्ता बढेको छ भने परिवारभित्र रुवाबासी सुरु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *