‘बिपी कोइराला क्यान्सर अस्पताल अस्तव्यस्त’
चितवन, ६ असोज –स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली खटाइएको बताएका छन्।
अस्पतालको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उनले आफूले अस्पतालमा व्यवस्थापकीय कमजोरी, आर्थिक अनियमितता र स्रोत, साधनको उचित सदुपयोग हुन नसकेको पाएको बताए ।
सो अवसरमा उनले एसियाकै नमुना सो अस्पताल अस्तव्यस्त भएको भन्दै चिन्तासमेत व्यक्त गरे । मन्त्रालयले देशका अन्य अस्पतालमा पनि टोली खटाएर सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै उनले टोलीको प्रतिवेदन आएलगत्तै मन्त्रालयले निर्णय लिने बताए।
स्वास्थ्य क्षेत्रमा राजनीति हाबी हुँदा गुणस्तरीय सेवा प्रदान हुन नसकेको भन्दै उनले समयमा नै आफ्नो कार्यशैली सुधार गर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिए।
विश्व दीर्घकालीन अधिश्वेत रक्तता ९चार मुख्य अर्बुदरोगमध्ये एक० दिवसका अवसरमा आजै सो अस्पतालमा रक्त अर्बुदरोग भएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । अस्पतालबाट अहिले ६०० जनाले वार्षिक प्रतिव्यक्ति रु ६० लाख पर्ने औषधि निःशुल्क सेवन गरिरहेको कर्मचारी रमेश पौडेलले बताए । रासस
सम्पर्क इमेल : [email protected]