यी हुन् जौका लाभदायी गुण

- नेपाली हेल्थ

jau1
हिन्दु परम्परा अनुसार जौलाई बिशेष गरी पूजाआजामा प्रयोग गर्ने गरेको पाइन्छ । जौ पौष्टिक खाद्यबस्तु हो । जौलाई स्वास्थ्यका दृष्टिले  औषधीका रुपमा पनि प्रयोग गरिन्छ ।

जौको सेवन गर्नाले शरीरमा बिभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । जौको पिठो निकालेर त्यसलाई रोटी बनाएर खानाले ब्लड शुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

साथै यसको सेवनले भोक नियन्त्रण पनि गर्छ । जौको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

जौकोपिठेमा प्रशस्त मात्रामा प्रोटीन, क्याल्शियम तथा भिटामिन हुन्छ जसको नियमित सेवनले हड्डी बलियो बनाउँछ ।

जौको नियमित  सेवनले हड्डी दुखाइ कम गर्न मद्दत मिल्छ । जौको सेवनबाट शरीरलाई प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुन्छ ।


Facebook Comment


थप समाचार