भरतपुर अस्पतालमा आइसियु कक्ष विस्तार

bharatpur-hospital

चितवन, ३० भदौ – चितवनको भरतपुर अस्पतालमा नयाँ भवन निर्माणसँगै सघन उपचार कक्ष (आइसियु)र शल्यक्रिया कक्षको क्षमता विस्तार गरिएको छ ।

अस्पतालको ए ब्लक पूरा भएपछि अस्पतालको आइसियु तथा शल्यक्रिया कक्षको क्षमता विस्तार गरी पोस्टअपरेटिभ वार्डसमेत स्थापना गरिएको हो ।

यसअघि नौ श्य्या क्षमताको मात्रै आइसियु सेवा अस्पतालले प्रदान गर्दै आएकामा आजदेखि २८ श्यया रहन सक्ने गरी क्षमता विस्तार गरिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए।

दश श्यया सञ्चालनमा आएको र बाँकीको सञ्चालनको प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा आइसियुको श्यया कम हुँदा बिरामी अन्य निजी अस्पतालमा महँगो शुल्क लिर्न बाध्य भएका थिए ।

“सरकारी अस्पतालमा नै यतिको ठूलो आइसियु सञ्चालनमा आएपछि गरिब, विपन्न र असहायले लाभ उठाउन सक्नेछन्,” अस्पताल विकास समितिका अध्यक्ष सुवेदीले भने “अन्य पैसा तिर्न सक्नेले पनि अस्पतालबाट अत्याधुनिक सेवा लिन सक्छन् ।”

विसं २०६६ मा अस्पतालमा सात श्ययाबाट आइसियु सेवा सुरू गरिएको थियो । अस्पतालका चिकित्सक डा विजय पौडेल सरकारी अस्पतालमध्ये भरतपुर अस्पतालको आइसियु सेवा उत्कृष्ट भएको दाबी गरे ।

अस्पतालको छ स्थानबाट एकैपटक शल्यक्रिया सेवा गर्न सक्ने गरी क्षमता विस्तार समेत भएको छ । हालै मात्र श्यया थपेर भरतपुर अस्पतालले २० श्य्या क्षमताको पोस्टअपेरटिभ वार्डसमेत स्थापना गरेको छ । सबै सुविधा उपलब्ध हुने गरी नयाँ सेटअपसहित सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले मदन भण्डारी ट्रमा सेन्टर समेत स्थापना गरी सेवा दिन थालेको छ । उक्त अस्पतालमा अहिले झन्डै ६०० श्यया छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *