गर्भावस्थामा माछाको तेल खानुका ५ फाइदा
१. गर्भावस्थामा माछाको तेल खानाले उच्चरक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
२. माछाको तेलमा प्रसस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । जसको सेवनले शरीरमा रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ ।
३. गर्भमा रहेको शिशुको मस्तिष्क बिकासमा माछाको तेलको सेवनले मद्दत गर्छ र शिशुको दिमाग तेजिलो बनाउँछ ।
४. गर्भावस्थामा माछाको तेल सेवन गर्नाले गर्भमा रहेको शिशुको शारीरिक बिकासमा मद्दत गर्नुका साथै हड्डी मजबुत बनाउँछ ।
५. यसको सेवनले गर्भावस्थामा हुने मानसिक तनावबाट टाढा राख्छ ।