अख्तियारद्धारा भेरी अञ्चल अस्पतालका मेसु सहित ४ जना विरुद्ध मुद्धा दायर

0
Shares

CIAA-office-building

काठमाडौँ, २६ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरि टेन्डेन्ट डा पिताम्बर सुवेदी सहित चार जना कर्मचारीमाथि विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आरोपपत्र दायर हुनेहरुमा डा सुवेदी सहित शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखा अधिकृत पदमबहादुर जिसी र लेखापाल मनिराम बर्मा छन् ।

उनीहरुले आव २०७०/७१ मा अञ्चल अस्पतालको आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सेवा ईकाइलगायत विभिन्न कार्यक्रमको बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ बमोजिम कसुर गरेको पुष्टी हुन आएकाले उक्त कार्यमा संलग्न चारै जना उपर कसुरको मात्रा अनुसार जरिवाना र कैद सजायको माग गर्दै आरोपपत्र दायर गरेको आयोगले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *