अनुहार प्रत्यारोपण गराउने पहिलो महिलाको निधन

face transplant

एजेन्सी – संसारमै पहिलो पटक अनुहार प्रत्यारोपण गर्ने फ्रान्सेली महिला इजावेल डिनोरको निधन भएको छ । अनुहार प्रत्यारोपण गरेको ११ बर्षपछि उनको निधन भएको हो । उपचारमा सम्लग्न चिकित्सकहरुले क्यान्सरका कारण उनको ज्यान गएको बताएका छन् । उनी ४९ बर्ष पुगेकी थिइन् ।

सन २००५ मा आफ्नै घरको कुकुरले उनको अनुहारमा टोकेर कुरुप बनाइदिएपछि चिकित्सकहरुले उनमा नाक र मुख प्रत्यारोपण गरिदिएका थिए । बीबीसीसंगको एक अन्तर्बार्तामा इजाबेलले भनेकी थिइन्, आफूले आत्महत्या गर्नभन्दै अत्यधिक मात्रामा सिल्पिङ ट्याबलेट खाई अचेत भएपछि आफूलाई व्युताउन आफ्नो कुकुरले अनुहारमा चिथोरेको थियो । तर यति बढी चिथोरयो कि अनुहार नै चिन्न नसकिने गरि कुरुप बनाइदियो । चिकित्सकहरुले त्यतिवेला अनुहार प्रत्यारोपण बाहेक अन्य उपाय नभएको बताएपछि उनी अनुहार प्रत्यारोपणका लागि राजी भएकी थिइन् ।

चिकित्सकहरुका अनुसार अनुहार प्रत्यारोपणपछिको अत्यधिक औषधिका कारण उनमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको थियो । उनलाई गत अप्रिल देखि क्यान्सरले आक्रमण गरयो र अन्तत सोही रोगबाट ज्यान गयो ।

इजाबेलले सन् २००९मा दिएको अर्को अन्तर्बार्तामा ऐनामा हेर्दा आफूलाई आफ्नो र दाताको अनुहार मिश्रण पाएको बताएकी थिइन् । ‘दाता मसँगै रहेको पाउँछु,’ उनले भनेकी थिइन् ।

फ्रान्सेली समाचापत्र फिगारोले उल्लेख गरे अनुसार उनी पछिल्लो समय एन्टि रिजेक्सन ट्रिटमेन्टबाट पीडित भएकी थिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *