चिकित्सक संघ निर्वाचन : उपत्यकामा पहिलो दिन खस्यो २०५ मत

chunab

काठमाडौँ, २१ भदौ – नेपाल चिकित्सक संघको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज उपत्यकामा भएको पहिलो दिनको मतदानमा २०५ जनाले भोट खसालेका छन् ।

कुल ५ हजार ३०३ जना मतदातामध्ये गत १७ र १८ भदौमा भएको उपत्यका बाहिरको निर्वाचनमा १ हजार ३६६ जनाले भोट हालेका थिए । बाँकी ३ हजार ९ सय ३९ जनाले आज देखी २५ भदौसम्म हुने निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

dr santosh paudel

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरले पहिलो दिनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनले उम्मेदवार, मतदाता, कर्मचारी तथा सुरक्षाकर्मी सबैको सकारात्मक सहयोग भएको बताए । उनले बाँकी मतदातालाई भोली देखि समयमै आएर मतदान गर्न समेत आग्रह गरे ।

pushmani kharal

पहिलो दिनको निर्वाचनमा दुबैपक्षका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा भोट हालिदिन आग्रह अनुनय गरेका थिए । उपत्यकाको मतदान केन्द्र संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपको नयाँ भवनमा बनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *