स्वयंसेवी रक्तदाता समाजलाई आर्थिक सहयोग

0
Shares

kos rakam

काठमाडौँ, १७ भदौ – कुशे औसी (बाबुको मुख हेर्ने दिन)को  अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजको कोषमा रहने गरी स्व केशवप्रसाद शर्माको स्मृतिमा श्रीमती उमा शर्माले र स्व अभिचन्द्र खरेलको स्मृतिमा तीर्थराज खरेलले जनही १० हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरेका छन् ।

त्यस्तै हृदयराज पन्तको स्मृतिमा उत्तरा उप्रेतीले एक हजार रुपैयाँ तथा एक लाख रुपैयाँको व्याज १० हजार रुपैयाँको दरले परिचालन गर्नसक्ने गरी दिव्यमणी दिक्षितले पनि रकम उपलव्ध गराएको केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए ।

उनले आर्थिक सहयोगले रक्तदान कार्यक्रमलाई अभिवृद्धि गर्नमा परिचालन गरिने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *