विद्यालयको पर्खाल भत्किँदा गर्भवतीको मृत्यु

0
Shares

महोत्तरी, १६ भदौ –  महोत्तरी जिल्लाको पिपरा गाविसमा गएराति एक बोर्डिङ स्कुलको पर्खाल भत्किँदा किचिएर एक गर्भवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिपरा–१ बस्ने विनोद धनकारकी पत्नी २५ वर्षीया रञ्जुदेवी धनकार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महिला धनकार गएराति ८ बजेको समयमा घर नजिकै रहेको आश बोर्डिङ स्कुलको छेउमा रहेको धाराबाट पानी लिएर आउँदै गर्दा अचानक सो स्कुलको पर्खाल भत्किँदा सोही पर्खालमा किचिएर उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

स्कुलको पर्खालमा किचिएर घाइते भएकी महिला धनकारलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *