यी हुन् मधुमेहका बिरामीले खानहुने ८ खानेकुरा

vage

१.  स्याउ : भनिन्छ, दिनको एउटा स्याउले डाक्टरबाट टाढा राख्दछ । चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्दछ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई सहयोग गर्दछ । डाक्टरहरुले मधुमेह रोगीलाइ दिने गरेका खानेकुराको चार्टमा पनि स्याउ अनिवार्य राखिएको हुन्छ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाइने गर्दछ ।

२.  कुरिलोः कुरिलो स्वादको दृष्टिकोणले मात्र हेर्ने हो भने पनि धेरैजसो मानिसहरुको मनपर्ने तरकारी हो । कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० क्यालोरी र करिब २ ग्राम फाइबर पाइने गर्दछ । यसमा विशेषगरि ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ जस्तै मधुमेह, मुटुरोग र क्यान्सर । कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने कार्य गर्दछ ।

३.  सिमीः सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । साथै, यो प्रोटिनको राम्रो स्रोत मानिन्छ जसका कारण यसलाई मधुमेहका रोगीले आफ्नो खानामा संलग्न गर्न आवश्यक छ । सन् २०१२ मा गरिएको एक अनुसन्धानको अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलित हुने गर्दछ भने ब्लड प्रेसर पनि कम गर्ने गर्दछ ।

४. ब्रोकाउली : ब्रोकाउलीमा बेटा–क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ जसले मधुमेह रोगीलाई फाइदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत, हड्डी, छाला र आँखालाई फाइदा पुर्याउने गर्दछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वस्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

५. गाजर :  गाजरलाई भिटामिन ‘ए’को खानीको रुपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ ।

६. माछा : माछामा ओमेगा–३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन)को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

७. लसुन : खानालाई मिठो बनाउन हालिने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्त चाप र क्यान्सरको खतरालाई टाढा राख्ने गर्दछ ।

८. प्याज : प्याजमा एन्टिअक्सिडेन्टको मात्रा बढि हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ ।प्याजमा मुटुलाई फाइदा पुर्याउने फाइबर, पोटासियम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । प्याजमा पाइने फ्लेभोनोइड क्वेरसेटिनले दीर्घ रोग लाग्न बाट बचाउँछ  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *