स्वास्थ्यमन्त्री थापाद्धारा साता भित्र १०० दिने कार्ययोजना पेश गर्न निर्देशन
काठमाडौँ, १४ भदौ – स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुखहरुलाई सय दिने कार्ययोजना एक साता भित्र पेश गर्न प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
सोमबार अनुगमन योजना र चिकित्सा सेवा महाशाखाका प्रमुखसंग काम कारबाहीबारे ब्रिफिङ सुनिसकेपछि मन्त्री थापाले एक साता मासिक समय तालिकासहित कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।
मन्त्री थापाले छोटो समयमा धेरै र प्रभावकारी काम गर्नुपर्ने भन्दै प्रमुखसंग कार्ययोजना मागेका हुन् । मन्त्री थापाले महाशाखा पछि क्रमश विभागका प्रमुखहरुसंग पनि ब्रिफिगंसहित कार्ययोजना माग्ने बताएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



