स्वास्थ्यमन्त्री थापाद्धारा साता भित्र १०० दिने कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौँ, १४ भदौ – स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुखहरुलाई सय दिने कार्ययोजना एक साता भित्र पेश गर्न प्रमुखहरुलाई निर्देशन दिएका छन् ।gagan3

सोमबार अनुगमन योजना र चिकित्सा सेवा महाशाखाका प्रमुखसंग काम कारबाहीबारे ब्रिफिङ सुनिसकेपछि मन्त्री थापाले एक साता मासिक समय तालिकासहित कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।

मन्त्री थापाले छोटो समयमा धेरै र प्रभावकारी काम गर्नुपर्ने भन्दै प्रमुखसंग कार्ययोजना मागेका हुन् । मन्त्री थापाले महाशाखा पछि क्रमश विभागका प्रमुखहरुसंग पनि ब्रिफिगंसहित कार्ययोजना माग्ने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर