सिङ्गापुरमा जिका भाइरसबाट ४१ सङ्क्रमित

jika virus

सिङ्गापुर, १२ भदौ –  सिङ्गापुरमा पछिल्लो समयमा ४१ जना नागरिक जिका भाइरसको सङ्क्रमणमा परेको र उनीहरुको अवस्था स्थानीय अस्पतालमा उपचारपछि सामान्य भएको बताइएको छ ।

सिङ्गापुरमा जिका भाइरसको सङ्क्रमण पहिलो पटक यही वर्षको मेमा भेटिएको थियो ।

ब्राजिल भ्रमणबाट फर्केका ४८ वर्षीय नागरिक मार्फत उक्त रोग मुलुकमा भित्रिएको स्वास्थ्य अधिकारीको दाबी छ ।

आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य मन्त्रालयले सिङ्गापुरमा पछिल्लो समय आन्तरिक रुपमा जिका भाइरसको सङ्क्रमणका घटना भेटिएका बताइएको छ ।

मन्त्रालयका अनुसार पछिल्ला सङ्क्रमित बिरामी कुनै देश भ्रमण गरेर फर्किने अवस्थामा भएको नभई पहिले सङ्क्रमित बिरामीबाट सरेको पाइएको छ ।

सङ्क्रमितमध्ये सात जनाको तान टकसेङ अस्पतालमा उपचारारत भए पनि ३४ जना उपचारपछि घर फर्किसकेका छन् ।

अस्पतालमा उपचार सेवा लिइरहेका बिरामी पनि खतरामुक्त अवस्थामा रहेका छन् ।

मन्त्रालयले जिका भाइरसको सङ्क्रमण प्राय विदेशी निर्माण मजदुरमा रहेको पाइएको जनाएको छ ।

जिका भाइरस एडिस एजेप्टी नामक लामखुट्टेको टोकाइबाट फैलने भाइरस हो ।

विश्वभर आतङ्क मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरु भई विश्वभरका दुई दर्जनभन्दा बढी मुलुकमा फैलिइसकेको छ ।

जिका भाइरस जन्मदोष र मस्तिष्कसम्बन्धी विकारमा जिम्मेवार छ । रासस÷एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *