बाडुली रोक्न के गर्ने ? अपनाउनुहोस् यी तरिका

baduli

बाडुली लाग्ने बिभिन्न कारण हुन सक्छन् । जसमा छिटो–छिटो खाना खानु, बढी पिरो खानु अथवा अत्याधिक रक्सी सेवन का कारणले बाडुली लाग्न सक्छ ।

कहिलेकाही हामी खाना ठीकसंग खाँदैनौं, जसको परिणामले बाडुली लाग्न सुरु गर्छ । खानाको टुक्राको बीचमा हावा मिसिनाले बाडुलीको समस्या सुरु हुन्छ । तर कुनै बेला त्यसै केहि नगरेको अबस्थामा बाडुली लागेर हामीलाई सताउने गरेको पाईन्छ ।

बाडुली रोक्नका लागी विभिन्न घरेलु उपायको अबलम्वन गर्न सकिन्छ ।

कागती र मह  : बाडुली रोक्न कागती लाभदायी हुन्छ । एक चम्चा कागतीको ताजा रसमा एक चम्चा मह राखेर खानुहोस् यसले बाडुली लाग्न रोकिन्छ ।

श्वास केहि बेर रोक्नुहोस् : बाडुली लागेमा लामो श्वास लिनुहोस् र केही सेकेण्डका लागि रोक्नुहोस् । जब फोक्सोमा कार्बनडाइअक्साइड भरिन्छ, त्यसलाई श्वासप्रश्वास प्रक्रियामा महत्वपूर्ण मानिएको अंग डायफ्रामले बाहिर निकाल्छ र बाडुली रोकिन्छ ।

मरिच  : मरिचका तीन दानालाई चिनी या मिश्रीको एक टुक्राका साथ चपाउनुहोस् आवश्यक परे एक घुड्को पानी पनि पिउन सक्नुहुन्छ । यसो गर्दा तत्काल बाडुली रोकिन्छ ।

चिनी : बाडुली आउँदा तुरुन्तै एक चम्चा चिनी सेवन गर्नुहोस् । केही समयपछि बाडुली आउन रोकिन्छ ।

भिनेगर : एक चम्चा भिनेगरको सेवनले बाडुलीमा तुरुन्तै राहत दिलाउँछ । यसको अमिलो स्वादले बाडुली रोक्न मद्दत गर्छ ।

नुन पानी : थोरै नुनलाई एक गिलास पानीमा मिसाएर एक या दुई पटक पिउनुहोस् । यसबाट बाडुलीको समस्या तुरुन्त रोकिन्छ ।

चकलेट पाउडर : बाडुली लाग्न थाल्नेबित्तिकै चकलेट पाउडर एक चम्चा खानुहोस् । यसबाट केहीसमयमै बाडुली रोकिन्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *