पूर्ण रुपमा खोपयुक्त गाविसका स्वास्थ्य चौकीलाई सम्मान

भद्रपुर, ७ भदौ – जिल्ला जनस्वास्थ्य कार्यालय झापाद्वारा आज आयोजित आव ७२/७३ वार्षिक प्रगति समीक्षा गोष्ठीमा सेवाबाट निवृत १७ र स्वेच्छिक अवकाश लिने आठ कर्मचारीलाई सम्मान गरिएको छ ।

जिल्लाभरिमा उत्कृष्ट घोषित स्वास्थ्य चौकीमा प्रथम शान्तिनगर, द्वितीय चन्द्रगढी, तृतीय शिवगन्ज र सान्त्वना बनियानी स्वास्थ्य चौकी एवम् पूर्ण रुपमा खोपयुक्त घोषित १९ गाविसका स्वास्थ्य चौकीलाई सम्मान एवम् प्रशंसापत्र वितरण गरियो ।

सो अवसरमा स्थानीय विकास अधिकारी खेमराज ओझाले राज्यले निर्दिष्ट गरेको जनताको सेवा र सुविधाको मापदण्डमा स्वास्थ्य चौकीले स्थानीय तहमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

जिल्लाभरिका ५० वटा स्वास्थ्य चौकी एवम् उपस्वास्थ्यका चौकीका प्रमुख सहभागिता रहेको सो तीनदिने कार्यक्रममा वर्षभरिमा गरेका कामका प्रगति र समस्याका बारेमा छलफल गरियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *