प्राविधिक नहुँदा टेकुअस्पतालमा सिटिस्क्यान सेवा सुरु भएन

0
Shares

ctskan

काठमाडौँ, ६ भदौ –  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा प्राविधिक नहुँदा सिटिस्क्यान सेवा सुरु हुन सकेको छैन ।

सेवा सुरु गर्न सम्पूर्ण तयारी पूरा भइसकेको भए पनि प्राविधिकको अभावमा सेवा सुरु गर्न ढिलाइ भइरहेको अस्पतालका निर्देशक डा .रमेशकुमार खरेलले बताए ।

उनले भने – “सिटिस्क्यान सेवा सुरु गर्न हामीले मेसिन जडान गरी अन्य तयारी सबै पूरा गरिसकेका छौँ, प्राविधिक दुई दिनमै आउने कुरा छ । आएलगत्तै हामीले सेवा सुरु गर्छौं ।

ग्लोवल फन्टको करिब रु आठ करोडको आर्थिक सहयोगमा अस्पतालमा उक्त मेसिन ल्याइएको हो ।

निर्देशक डा. खरेलले शूल्क कति लिने, कस्ता बिरामीलाई सहुलियत दिनेलगायतका विषयमा पनि बैठक बसेर छिटै निर्णय गरिने जानकारी दिए।

उनले अन्य सरकारी अस्पतालमा सिटिस्क्यान सेवा सस्तोमा दिइने र वीर अस्पतालमा बढी भीड हुँदा त्यहाँका बिरामीलाई टेकु अस्पतालले सो सेवा दिन सक्ने पनि बतााए

अस्पतालमा केही समयपछि चार श्ययाको विशेष सघन कक्ष पनि सुरु गर्न काम भइरहेको उनले बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *