आयोडिन के हो ? आयोडिन खाँदा हुने फाइदा

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो ।

आयोडिन बिभिन्न किसिमका फलफूल, तरकारी, अन्डा, गेडागुडी तथा माछा जस्ता चीजहरुबाट प्राप्त गर्न सकिन्छ जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ ।

गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भईसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा अवरोध आउँछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्र सरल उपाय हो ।

ayodin

आयोडिनका फाइदाहरु : 

गर्भावस्थामा  : गर्भवती महिलाले दैनिक रुपमा आयोडिनको सहि मात्राको प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्छ । साथै आयोडिनको कमीले गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने जस्ता समस्याहरुबाट बच्न सकिन्छ ।

बाल्यावस्थामा  : बाल्यावस्थामा आयोडिनको सही मात्राले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ ।

किशोरावस्थामा :  किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक बृद्धि हुनुका साथै पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक असर पर्दछ ।

सबै उमेरमा  :  आयोडिनको सही मात्राले शरीरका बिभिन्न अंगहरुको बिकासमा सहयोग गर्ने हुनाले यसको प्रयोगले गलगाँड तथा हाइपोथाइरोइडिजम् जस्ता समस्याहरु बाट मुक्ति मिल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *