स्वास्थ्य मन्त्रालयद्वारा दुई समिति गठन

mantralaya

काठमाडौँ, ५ भदौ –  स्वास्थ्य मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्थामा आफ्नै फार्मेसी खोल्न र चिकित्सक नपुगेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याउने विषयमा काम गर्न दुई समिति गठन गरेको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीको संयोजकत्वमा औषधिको आपूर्ति, माग, वितरण प्रणाली, जनशक्ति र फार्मेसी सञ्चालन तथा बजेट व्यवस्थापन सम्बन्धमा योजना तयार गर्न छ सदस्यीय समिति गठन गरी कार्य प्रारम्भ भएको उपसचिव लीलाराज पौडेलले जानकारी दिए।

चिकित्सक नपुगेका २५ प्राथमिक स्वास्थ्य केन्द्रमा जतिसक्दो छिटो चिकित्सक खटाउन र कार्यस्थलमा चिकित्सक भएनभएको सम्बन्धमा समेत अनुगमन तथा मूल्याङ्कन गरी व्यवस्था गर्न निर्देशनसहित स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले आजैदेखि काम थालनी पनि गरिसकेको उपसचिव पौडेलले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पदभार ग्रहण गरेको दिन यसै आर्थिक वर्षदेखि सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्न र तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याउन स्वास्थ्य सचिवलाई निर्देशन दिएका थिए ।

सोही निर्देशन पालन गर्न र कामलाई छिटोछरितो बनाउन समिति गठन गरी कार्य थालनी गरेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *