रक्तसञ्चार युनिट स्थापना

0
Shares

भद्रपुर, ३१ साउन –  झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा आज नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा युनिट स्थापना गरेको छ ।

रक्तसञ्चार सेवा बिएण्डसी युनिटको सो हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसार्इं र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले सो युनिटको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सो युनिटका लागि हस्पिटलले तीनकोठे भवन उपलब्ध गराएको छ भने त्यसमा रेडक्रसका तीनजना प्रविधिज्ञले २४सै घन्टा सेवा दिने छन् ।

रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।

दमककै आम्दा र लाइफलाइन हस्पिटलमा रक्तसञ्चार सेवा युनिट स्थापना भइसकेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *