रक्तसञ्चार युनिट स्थापना
भद्रपुर, ३१ साउन – झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा आज नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा युनिट स्थापना गरेको छ ।
रक्तसञ्चार सेवा बिएण्डसी युनिटको सो हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसार्इं र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले सो युनिटको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सो युनिटका लागि हस्पिटलले तीनकोठे भवन उपलब्ध गराएको छ भने त्यसमा रेडक्रसका तीनजना प्रविधिज्ञले २४सै घन्टा सेवा दिने छन् ।
रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।
दमककै आम्दा र लाइफलाइन हस्पिटलमा रक्तसञ्चार सेवा युनिट स्थापना भइसकेका छन् । रासस