राप्ती अञ्चल अस्पतालमा डिजिटल एक्स–रे मेसिन

0
Shares

rapti-zonal-hospital-e1439870122518

दाङ, २३ साउन – दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डिजिटल एक्स–रे मेसिन जडान गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागको रु ११ लाखको सहयोगमा आधुनिक एक्स–रे मेसिन जडान गरिएको हो ।

बिरामीलाई छिटो र छरितो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लामो समयको प्रयासपछि एक्स–रे मेसिन जडान गरिएको अस्पतालका मेसु डा भोलाराम श्रेष्ठले बताए। “अस्पतालमा पहिले एनलक सिस्टमको एक्सरे मेसिन थियो, हाल डिजिटल जडान भएको छ नयाँ मेसिन जडानपछि सेवा पनि गुणस्तरीय भएको छ” – श्रेष्ठले भने ।

अस्पतालमा अक्सिजन ग्यास उत्पादन पनि सुरु भएको छ । बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन ग्यास उत्पादनका लागि प्लान्ट स्थापना भएको हो ।

स्वास्थ्य विभागको अनुदान सहयोगमा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा अक्सिजन ग्यास उत्पादन सुरु गरेको हो । रु ८० लाख ८० हजार लागतमा मेडी अक्सिजन प्रालि काठमाडौँले अक्सिजन ग्यास प्लान्टको निर्माण गरिदिएको हो ।

अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट निर्माण भएपछि अस्पताललाई बाहिरबाट अक्सिजन ग्यास खरिद गर्नुपर्ने झन्झटबाट मुक्त भएको छ । “अस्पतालमा यसअघि अक्सिजन ग्यासको अभावमा बिरामी बाहिरी जिल्ला पठाउन बाध्य थियौँ । अब अक्सिजनको अभावमा कुनै पनि बिरामी बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ” – अस्पतालका प्रमुख डा श्रेष्ठले भने ।

अक्सिजन ग्यास प्लान्टको स्थापनापछि उक्त ग्यास अस्पतालमै उत्पादन हुन थालेपछि अब आवश्यक परे अस्पतालले अक्सिजन ग्यास अन्य अस्पताल वा क्लिनिकलाई बिक्री गरेर आयआर्जन गर्न सक्ने सम्भावना पनि रहेको प्रमुख डा श्रेष्ठले बताए । जटिल प्रकृतिका बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा दैनिक उत्पादन गर्न थालिएकोे छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *