यसपटक पनि हामी दुई तिहाई मतान्तरले जित्छौँ : डा. मुक्तिराम श्रेष्ठ

mukti ram shrestha
डा. मुक्तिराम श्रेष्ठ, अध्यक्षका उम्मेदवार (नेपाल चिकित्सक संघ )

कार्यकारी पदमै रहेर अर्थात महासचिव भई एक कार्यकाल विताएको व्यक्ति अब अध्यक्ष किन बन्नुपरयो ? अध्यक्ष पदमा तपाईँको उम्मेदवारी किन ?

  • ठिक भन्नुभयो म यसअघि महासचिव पदमा रहेर काम गरेको व्यक्ति हो । प्रतिकुल समयको बाबजुत हामीले यो अवधीमा थुप्रै कामहरु अघि बढायौँ । नीतिगत मात्रै होइन भौतिक निर्माणका काममा समेत हाम्रो देखिने गरि प्रगतिहासिल गरयौँ । जस्तो कि भवन बनाउन सुरु गरयौँ , चिकित्सकका लागि अत्याधुनिक इलाइब्रेरी बनाउँदै छौँ । यी कामहरु सुरु त भए तर सम्पन्न भइसकेका छैनन् । यसका लागि पनि मेरो नेतृत्वको खाँचो छ ।

चिकित्सक संघ डाक्टरहरुको छाता संस्था हो, चिकित्सककै हक हितका लागि तपाँईका विशेष एजेन्डा के के छन् ?

  • चिकित्सकहरुको सेवा सुविधा र अधिकारका पक्षमा हामीले निरन्तर आवाज उठायौँ । पछिल्लो समयमा चिकित्सक माथि हुने दुव्र्यवहारका घटनामा राज्यलाई निरन्तर झक्झक्याउने काम गरयौँ । यति मात्रै होइन हामी चिकित्सक र समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि उपयुक्त हुने खालको नीति बनाउने काममा राज्यलाई सुझाव सल्लाह दियौँ । म महासचिव हुँदाकै बखतमा भूकम्प जस्तो प्राकृतिक विपत्तीको सामाना गर्नुपरयो र अघोषित नाकाबन्दीले नराम्रो असर गरेको थियो । त्यतिमात्रै होइन स्वास्थ्यमा स्वास्थ्य समूहकै व्यक्ति सचिव हुने व्यवस्था कुल्चेर सरकारले प्रशासन समूहका सचिव पठाएको थियो । हाम्रै निरन्तरको आन्दोलनले स्वास्थ्यकै सचिव बनाउन सफल भयौँ । यस्ता धेरै कामहरु भए पनि अझ धेरै काम गर्न बाँकी नै छ । त्यसैका लागि मेरो उम्मेदवारी हो ।

पेशागत काम त्यति भएका छैनन् भनिन्छ नि ?

  • चिकित्सक संघ नेपालकै इतिहासमा सबैभन्दा पुरानो पेशागत संगठन हो । तर हामीले के छ भने पेशागत हक हितका लागि हामीले विभिन्न किसिमका कदमहरु चाहे त्यो सरकारी क्षेत्रमा होस वा निजी क्षेत्रमा होस सबैलाई बृद्धि विकास हुने खालका कामहरु गरिरहेका छौँ । जुन स्वास्थ्य क्षेत्रमा देखिने विशंगति हो त्यसलाई चिर्नका लागि स्वास्थ्य मन्त्रालय र अन्य निकायसंग समन्वय गरि विभिन्न समयमा त्यसको समाधानका लागि प्रयास गर्दैछौ ।

तपाईँको प्रतिस्पर्धि प्यानलले तपाईँहरुलाई बर्षौदेखि अवसर पाइरहेको तर नगरेकाले आफूहरुले उठ्न परेको बताएको छ ? यसमा तपाईको जवाफ के ?

  • चुनावी प्रतिस्पर्धामा उठेको समूहले त्यो भन्नु अनौठो कुरा होइन् । उहाँहरुले आफ्नो भोट बढाउनका लागि त्यसो भन्नु स्वभाविक नै ठान्छु तर हामीले हिजोका दिनमा गरेका कामहरु छर्लङ्गै छन् । अपुग भएका वा पुरा नगरेका कामहरु अव आउने कार्यसमितिले पुरा गर्ने हो । समय सापेक्षा परेका कामहरु पनि गर्दै जाने हो ।

जित्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

  • मेरो आँकलनमा यसपटक पनि हाम्रो पक्षमा ७० र उहाँहरुको पक्षमा ३० प्रतिशत भोट आउछ ।यसपटक पनि हामी दुई तिहाई मतान्तरले जित्छौँ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *