२७५ जनाको निशुल्क दन्त परीक्षण
काठमाडौँ, २२ साउन – बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले सञ्चालन गरेको एक दिने निशुल्क दन्त स्वास्थ्य शिविरमा २७५ जनाले दन्त परीक्षण गराएका छन् । हस्पिटलबाट गएको टोलीले गत साता माछापोखरीस्थित स्वाती सदन स्कुलमा दन्त शिविर राखेको थियो ।
डा. स्मिता ढकाल सहितको २१ जनाको स्वास्थ्यकर्मी टोलीले स्कुले विद्यार्थी शिक्षक तथा छिमेकी अभिभावको समेत दन्त परीक्षण गरेको थियो । परीक्षणका क्रममा अधिकांशको दाँत किराले खाएको भेटिएको थियो ।
डा. ढकालका अनुसार २७५ जना मध्ये २०२ जनाको दाँत किराले खाएको थियो । ५० जनाको गिजामा सुन्निएको र बाँकीहरुका अन्य विभिन्न समस्या देखिएको थियो । ३ देखी ३७ बर्ष उमेर समूहका व्यक्तिको परीक्षण गर्दा १४२ जना पुरुष र १३३ जना महिलाको सहभागिता थियो ।
परीक्षणका लागि डा. ढकाल सहित इन्टर्न डाक्टरहरु डा. सुमित्रा सुवाल, डा. रिता दुलाल, डा. मन्जिता गिरी, डा. नन्दनी चालिसे, डा. सम्पदा ढकाल, डा. श्रृष्ठिना महर्जन पुगेका थिए ।
बीडीएस अन्तिम बर्षका ९ जना , विदेशी स्वयंसेवक ३ जना, डेन्टल हाइजिनिस एक जना सहितको टोलीलाई दुई जना पीजी रेजिडेन्ट डाक्टरले समेत सघाएका थिए ।
सम्पर्क इमेल : [email protected]