‘स्वस्थ बच्चा प्रतियोगिता’का लागि एकसय ३० जनाको आवेदन

काठमाडौँ, १९ साउन – प्रसूति गृह थापाथलीमा जन्मिएका एक वर्षसम्मका बालबालिकाबीच गराइने ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’का लागि १३० जनाको आवेदन परेको छ ।

healthy baby

एक महिनाअघि अस्पतालले उक्त प्रतिस्पर्धाका लागि आवेदन खुल्ला गरेको थियो । उक्त प्रतिस्पर्धामा जन्मेदेखि ४५ दिनसम्मका बालबालिका, ४५ दिनदेखि ६ महिनासम्मका बालबालिका र ६ महिनादेखि एक वर्षसम्मका गरी तीन विधामा बालबालिकाको स्वास्थ्य परीक्षण गरी सबैभन्दा स्वस्थ १२ बालबालिकालाई पुरस्कृतसमेत गरिन्छ ।

आउँदो कृष्ण जन्माष्टमी अर्थात् भदौ ९ गतेका दिन प्रसूतिगृहको ५६औँ वार्षिकोत्सवका अवसरमा स्वस्थ १२ बालबालिकालाई पुरस्कृत गरिने अस्पतालका मेट्रोन मैयाँ मानन्धरले जानकारी दिइन् ।

प्रसूतिगृहमा गर्भावस्थादेखि नै जाँच गराई अस्पतालमा नै जन्मिएका बालबालिकाबीच प्रतिस्पर्धा गराइन्छ । यसमा पूर्ण खोप लिए/नलिएको, नियमित जाँच, आमाले गर्भावस्थामा कतिपटक जाँच गराएको, परिवार नियोजनको अवस्थालगायत हेरिने मेट्रोन मानन्धरले बताइन्। प्रसूतिगृहमा दैनिक ६० देखि ७० जनासम्म सुत्केरी हुन आउने गर्छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *