एक सय जना हेपाटाइटिस बिरामीको निशुल्क उपचार

DSC02311

ललितपुर १३ साउन – जाउलाखेलस्थित अल्का अस्पतालले १ सय जना हेपाटाइटिसका बिरामीको निशुल्क स्वास्थ्य उपचार गरेको छ । विश्व हेपाटाइटिस दिवसको अवसरमा आयोजित तीन दिने स्वास्थ्य शिविरमा आएका विरामीहरुको निशुल्क उपचार भएको हो ।

उपचारका लागि आएका विरामीहरुलाई अस्पतालका कलेजो रोग बिशेषज्ञ डा. अनन्त श्रेष्ठ र डा. थुप्तेन के लामासहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो । हेपाटाइटिसका बिरामीलाई लक्षित गरि आयोजना गरिएको शिविरमा लिभर फङसन टेष्ट, एचबीएसएजी, युरिन बाइल पिगमेन्ट र युएसजी जस्ता आवश्यक परीक्षणहरु समेत निशुल्क गरिएको थियो ।

त्यसो त हेपाटाइटिसका विरामी बाहेक अन्य नआउन भन्दै अस्पतालले हेपाटाइटिसका बिरामीलाई मात्र उपचार प्रक्रियामा सहभागी हुन सार्वजनिक सुचना जारी गरेको थियो ।

DSC02312

शिबिरमा अधिकांस हेपाटाइटिस बी र सीका बिरामी सहभागी भएको र उनीहरुलाई एक हप्तासम्म फलोअप परीक्षण समेत निशुल्क गरिएको कलेजो रोग बिशेषज्ञ डा. अनन्त श्रेष्ठले बताए । स्वास्थ्य परीक्षणमा आएका बिरामीलाई चिकित्सकसहितको टोलीले हेपाटाइटिस रोग सर्ने तरिका र त्यसको जोखिमबाट बच्ने उपायका बिषयमा पनि जानकारी गराएका थिए ।

हेपाटाइटिसवारे सर्वसाधरणमा जनचेतना फैलाउन र लक्षित बिरामीलाई उपचार दिने उद्देश्यले शिबिरको आयोजना गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *