बीर अस्पतालले मनायो १२७ औँ जन्मोत्सव

birकाठमाडौँ, १२ साउन – नेपालकै सबैभन्दा पुरानो अस्पतालको रुपमा चिनिने बीर अस्पतालले १२७ औँ जन्मोत्सब मनाएको छ । विसं १९४६ मा केही विदेशी चिकित्सकको सहयोगमा तत्कालिन सरकारले १५ शैयाबाट बीर अस्पताल सुभारम्भ गरेको थियो । अहिले भने अस्पतालको शैया ४६० पुगेको छ ।

अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले छुट्टै व्यवस्थापन भएपनि बीरसंगै रहेको ट्रमा सेन्टरमा थप २ सय बेड भएकोले समग्रमा ६६० शैया भन्न सकिने बताए । उनले अस्पतालमा ६५६ जना चिकित्सक तथा कर्मचारी, ५५ जना काज, ४१ जना करार, ८५ जना दैनिक ज्यालादारी कर्मचारी र ५३५ जना प्रतिष्ठान अन्तर्गतका चिकित्सक तथा कर्मचारी रहेको बताए ।

गरीव तथा निमुखाहरको अस्पतालको रुपमा परिचित अस्पतालले अहिलेपनि ३३१ वटा अर्थात ७२ प्रतिशत सैया निशुल्क र १२९ वटा अर्थात २८ प्रतिशत सैया न्युन शुल्कीय रहेको छ । डा. पण्डितले पछिल्लो समय भौतिक पूर्वाधार र उपकरणबाट सुसज्जित हुँदै गएको र सेवा तथा आम्दानीमा बृद्धि गर्दै गएको बताए ।

bir2

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा गणेश गुरुङले देशकै सबैभन्दा पुरानो तर केन्द्रीय अस्पताल बीर अस्पतालले अव अन्तराष्ट्रियस्तर सेवा दिने तयारीमा लागेको बर्ता ।

उनले त्यसका लागि उच्चस्तरीय पूर्वाधार, प्रविधि र जनशक्तिको जोहो गर्न थालिएको बताए । ‘अहिले भएकै ठाँउमा एक हजार बेडको अत्याधुनिक अस्पताल बन्दै छ । त्यसबाहेक भक्तपुरको दुवाकोटमा यसकै शाखाको रुपमा अन्तराष्ट्रियस्तरको अस्पताल बनाउन गरी जग्गाको जोहो गरिसकिएको छ । एमआरआई , डिजिटल एक्सरे देखी अव जेनेटिक ल्यावसम्मका प्रविधिहरुको सञ्चालन भइसकेको छ,’ उनले भने ।

जेनेटिक ल्याव सञ्चालनमा

यसैबीच १२७ बर्ष प्रवेशको अवसर पारी बीर अस्पतालले बुधबार देखी जेनेटिक ल्याव सञ्चालनमा ल्याएको छ । बंशाणुगत रोगको पहिचान गर्न भन्दै सुरु गरिएको ल्यावमा २ विशेष प्रकारको परिक्षण हुनेछ ।

साइटो जेनेटिक परिक्षणमा वशांणुगत रोगहरुको पहिचान हुनेछ भने मलिक्युलर जेनेटिक परिक्षणमा जन्मजात हुने रोगहरु जस्तै डाउनसिन्ड्रम रगत रोग, क्यान्सर लगायतका विशेष खालका परिक्षण हुनेछन् ।

bir1

ल्यावका प्रमुख डा नीलम ठाकुरका अनुसार यो ल्यावलेमा एचआइभी, हेपाटाइटिस बी, सी, क्षयरोग, सिक्कलसेल , थाइलेसेमिया, ज्याक्टोम्युटेशन लगायत समस्याको भाइरललोड परीक्षण हुनेछ ।

बार्षिकोत्सब समारोहका प्रमुख बनेकी स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा किरण रेग्मीले सो ल्यावको उद्घाटन गरेकी थिइन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *