आठौँ अनसन आज तोड्दै डा. केसी

0
Shares

gkc2

काठमाडौँ, १० साउन – गत २६ असार देखि आमरण अनसन बसेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् ।

आफूले उठाएका मागका विषयमा सरकारले आइतबार राती नै सम्झौता गरेपछि डा. केसीे १६ औँ दिनपछि आज दिउसो अनसन तोड्ने भएका हुन् ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै यसअघिसम्म ७ पटक अनसन बसेका थिए । तर उनको यो नै सबैभन्दा लामो अवधीको अनसन हो ।
डा. केसीका सहयोगी डा. बद्री भण्डारीका दिउसो २ देखी ३ बजेको बीचमा अनसन तोड्ने कार्यक्रम छ ।

त्यसअघि आफूहरुले आज पनि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गई धर्ना दिने कार्यक्रम रहेको डा भण्डारीले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *