न्याम्स सहित बीरको अन्तर्राष्ट्रिय अस्पताल भक्तपुरमा बन्ने पक्का

bir hospital

काठमाडौँ, ७ साउन – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्सको कार्यालय सहित बीर अस्पतालको अत्याधुनिक अन्तर्राष्ट्रिय अस्पताल शाखा भक्तपुरमा बन्ने पक्का भएको छ ।

आज बसेको मन्त्रिपिरिषद्को बैठकले चागुनारायण नगरपालिका ११ र १४ वडामा पर्ने दुवाकोट झौखेलको ५७३ रोपनी जग्गा न्याम्सको नाममा पास गर्ने निर्णय गरेपछि सो ठाँउमा न्याम्स सहित अस्पताल पक्का भएको हो ।

जग्गा खोज्ने क्रममा गत २८ असारमा अर्थमन्त्री विष्णु पौडेल, न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङ लगायतका टोलीले सो जग्गा हेरेका थिए । स्थानीय सर्वसाधारण र सर्वदलिय बैठकले न्याम्सलाई जग्गा उपलव्ध गराउन रुचि देखाएपछि सो टोली सो स्थानमा पुगेको थियो ।

उपकुलपति गुरुङले जग्गाको टुंगो लागेको बताए । ‘न्याम्सको नाममा आज क्याविनेटबाटै पास भयो अव काम अघि बढाउन बाटो खुल्यो,’ नेपाली हेल्थसंंग प्राडा गुरुङले भने । उलने आफूहरुले पाएको जग्गामध्येबाट १८ रोपनी जति परोपकार संस्थालाई दिनुपर्ने समेत बताए ।

भक्तपुरको झौखेलमा रहेको जग्गा
भक्तपुरको झौखेलमा रहेको जग्गा

मुलुककै सबैभन्दा जेठो अस्पताल बीरलाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने सरकारको योजना अनुरुप जग्गा खोजी गरिएको थियो । हालको ठाँउमा साँघरो रहेकोले नयाँ ठाँउमा अस्पताल बनाउन लागिएको हो । यद्धपी हालको बीर अस्पताल यथास्थानमै रहनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *