डा. केसीसंग औपचारिक वार्ता गर्दै सरकार

काठमाडौँ, ६ साउन – १२ औं दिनदेखि आमरण अनशनरत डा. गोबिन्द केसीले उठाएका मागका बिषयमा सरकार र अनशनरत पक्षबीच आज वार्ता हुने भएको छ ।
दिउसो ३ बजे स्वास्थ्य मन्त्रालयमा हुने वार्तामा डा. केसीको तर्फबाट डा. रञ्जन सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय टोली सहभागी हुनेछ । टोलीमा डा. जीवन क्षेत्री, डा. अन्जनीकुमार झा, डा. लिलन महर्जन र सुमन आचार्य लगायतका छन् ।
सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रती, शिक्षा सचिव विश्व प्रकाश पण्डित र प्रधानमन्त्री कार्यालयका एक सचिव सहभागी हुने बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



