दश गाविस पूर्ण खोपयुक्त

0
Shares

Khop

जाजरकोट, ६ साउन – यहाँका १० गाविस पूर्ण खोपयुक्त घोषित भएका छन् ।दश गाविसमा दुई वर्षदेखि नियमित रुपमा सबै बालबालिकालाई खोप लगाउने गरिएकाकारण पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

दुई वर्षसम्मका बालबालिकामा सर्वेक्षण गर्दा सबै बालबालिकाले १० वटै खोप नछुटाइ लगाएको पाइएपछि जिल्ला खोप समन्वय समितिको सिफारिसमा गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने प्रावधान रहेको छ ।

त्यही अनुसार सबै मापदण्ड पूरा भएपछि १० गाविसलाई पूर्णखोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख राजेन्द्र जिसीले बताए ।

जिल्लाका पैक, जगतीपुर, साल्मा, दशेरा, अर्छानी, लहँ, ढिमे, झाप्रा, टालेगाउँ, सुवानाउली गाविसका दुई हजार ७१२ बालबालिकाले १० वटै खोप लगाएका छन् ।

अरू गाविसलाई पनि क्रमशः पूर्ण खोपयुक्त गाविस घोषणा गरिने प्रमुख जिसीले बताए । रग्दा, भगवती, कार्कीगाउँ, डाँडागाउँ, सक्ला, रामीडाँडा, भूरसहितका गाविसलाई चाँडै नै पूर्ण खोपयुक्त घोषणा गरिने उनले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *